बिएल संवाददाता
स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले प्रतिस्पर्धीलाई आधा मतान्तरले पछाडि पारेर चर्चामा छन्। सोही कारण देशभर उनकाे चर्चा चुलिएकाे छ।
अहिले मिडिया र उनका समर्थक मात्रै हाेइन, विरोधीसमेत उनको पछि–पछि लाग्न थालेका छन्। उनै बालेनले मिडियालाई बेवास्ता गरेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि उनको आलोचना सुरु भएको छ।
केही समयअघि मतगणनास्थलमा हिमालय टेलिभिजनले प्रश्न सोध्दै गर्दा उनले प्रश्नको जवाफ नै नदिएर बेवास्ता गर्दै आफ्नो बाटो लागेका थिए। त्यही कुरालाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरु भएको हो।
बालेनले भने सो ठाउँमा मिडियासँग बोल्न नमिल्ने भएर जवाफ नफर्काएको बताएका छन्।
‘त्यो कुरा खास त्यस्तो केही पनि होइन,’ उनले बिएल नेपाली सेवासँग भने, ‘मैले पहिल्यै उनीहरुलाई इन्टरभ्यु (अन्तर्वार्ता) दिएको थिएँ, मिडिया हो भन्दैमा १० पटक इन्टरभ्यु दिनु। मान्छे काम विशेषले कस्तो परिस्थितिमा हुन्छ, जतिबेला पनि इन्टरभ्यु दिने भन्ने त हुँदैन नि!’
‘म मतगणनास्थलमा थिएँ, त्यहाँ इन्टरभ्यु दिन मिल्दैन थियो, अब उहाँहरु पछि लाग्नुहुन्छ त म के गरुँ, यसलाई ठूलो इस्यु बनाउनु आवश्यक छैन,’ उनले थपे।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया