सुरुङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी

सप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका गीता कुमारी चौधरी निर्वाचित भएकी हुन्।

उनले ७ हजार २ सय ९२ मत प्राप्त गरी निर्वाचित भएकी हुन्।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाल नेकपा (एकीकृत समाजवादी) का रामनारायण चौधरीले ४ हजार २ सय ७० मत प्राप्त गरे। यसअघि जिल्लाको कुनै पनि स्थानीय तहमा महिला नगरप्रमुखमा निर्वाचित भएका थिएनन्।

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकै रूद्रबहादुर कार्की विजय भएका छन्। उनले ६ हजार २ सय ७५ मत प्राप्त गरेका छन्। उनका निकटत प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का सुनिता कुमारी मुखियाले ३ हजार ९ सय ९८ मत प्राप्त गरिन्।

प्रकाशित मिति: : 2022-05-19 08:54:00

प्रतिकृया दिनुहोस्