हैदरावादले मुम्बईलाई ३ रनले हरायो

NEEWS BEED
NEEWS BEED

मंगलबार साँझ भएको आईपीएल खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ३ रनले पराजित गरेको छ। 

पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो। त्यसतै मुम्बईको टोलीले २० ओभरमा सात विकेट गुमाएर १९० रन मात्रै बनाएको हो। ​

हैदराबादको इनिङ्समा राहुल त्रिपाठीले ४४ बलमा तीन छक्का र नौ चौकाको मद्दतले ७६ रन बनाएका थिए।

प्रियम गर्गले २६ बलमा चार चौका र दुई छक्काको मद्दतले ४२ रन बनाए, भने निकोलस पूरनले २२ बलमा दुई चौका र तीन छक्काको मद्दतले ३८ रन बनाए। 


 

प्रकाशित मिति: : 2022-05-18 14:27:00

प्रतिकृया दिनुहोस्