लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुनः फर्कियाे

Photograph: Mike Hewitt/Getty Images
Photograph: Mike Hewitt/Getty Images

१-० ले पछि परेको स्थितिमा साउथह्याम्पटनविरुद्द २-१ को जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुनः फर्किएको छ।

मंगलबार राति साउथह्याम्पटनको मैदानमा जितसँगै लिगको अन्तिम खेलले मात्रै उपाधि जित्ने टोलीको टुंगो लाग्नेछ। अन्तिम दिन लिभरपुलले उल्भ्स तथा शीर्ष स्थानको म्यानचेस्टर सिटीले एस्टन भिल्लाको सामना गर्नेछ।

साउथह्याम्पटनको मैदानमा लिभरपुलको जितमा ताकुमी मिनामिनो र जोएल मटिपले गोल गरे। घरेलु टोली साउथह्याम्टनका नाथन रेडमन्डको गोल सान्त्वना गरे।

जितपछि लिभरपुलको ३७ खेलबाट ८९  अंक साथ दोस्रो स्थानमा छ। पराजित साउथह्याम्पटन समान खेलबाट ४० अंकसहित १५औँ स्थानमा छ। 

प्रकाशित मिति: : 2022-05-18 07:34:00

प्रतिकृया दिनुहोस्