राेल्पाकाे त्रिवेणी गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

राेल्पाकाे त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। 

एमालेका उम्मेदवार कर्णबहादुर बाँठामगर ५ हजार ८५ मतसहित अध्यक्षमा विजयी भएका छन् भने माओवादी केन्द्रका रेशम पुन  ४ हजार ४ सय ६३ मतसहित दोस्रो भएको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार लेखमणी डाँगी ४ हजार ५ सय ७६ मतसहित उपाध्यक्षमा विजयी भएका छन्।

प्रकाशित मिति: : 2022-05-18 07:31:00

प्रतिकृया दिनुहोस्