नेपाल युगान्डासँग दोस्रो खेल खेल्दै, शृंखला बराबर गर्ने मौका

पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृंखला खेलेको नेपाल दोस्रो खेलमा युगान्डाबिरुद्ध आज(मंगलबार ) खेल्दैछ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा उत्रदै गर्दा नेपाल शृंखला १-१ को स्थितिमा झार्न चाहन्छ। रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा युगान्डासंग १२ रनले पराजित भएको थियो।

सीता राना मगरको अनुपस्थितिमा बलिङमा सुधारिएको प्रदर्शन गरेको नेपाल ब्याटिङ र फिल्डिङमा भने कमजोर देखिएको थियो।

युगान्डालाई १०३ रनमा रोकेको नेपाल ९० रनमा समेटिएको थियो। दोस्रो खेलमा भने कप्तान रुबिना र प्रशिक्षक जगत टमटाले कमजोरी सुधार गर्दै खेलमा फर्कने बताएका छन्।

पहिलो खेलमा नेपालकी अस्मिना कर्माचार्यले डेब्यु गरेकी थिइन्। नेपाल र युगान्डाबीचको शृंखला पाँच खेलको हुनेछ।

नेपाली महिला टिमले घरेलु मैदानमा खेलेको यो पहिलो शृंखला हो।

प्रकाशित मिति: : 2022-05-17 07:50:00

प्रतिकृया दिनुहोस्