पहिलो पटक चुनाव लडेका सप्तरीका दुई पालिकामा जनमत पार्टी अगाडि छ।
हनुमाननगर कंकालिनी नगरपालिका र बलान बिहुल गाउँपालिकामा जनमतका उम्मेदवारले अग्रता लिएका छन्।
हनुमाननगर कंकालिनीमा जनमतका मेयर उम्मेदवार वीरेन्द्र माझीले सुरुदेखि नै अग्रता लिएका छन्।
जारी मतगणनाको पछिल्लो परिणाम अनुसार माझीले जसपाका उम्मेदवार शैलेश साहभन्दा एक हजारभन्दा बढी भोटले अगाडि छ।
अहिलेसम्म माझीले ४ हजार ७ सय ९१ मत पाएका छन् भने साहले ३ हजार ७ सय ६७ मत पाएका छन्।
त्यस्तै बलान बिहुल गाउँपालिकाको अध्यक्षमा जनमतका उम्मेदवार खेमचन्द्र यादवले अग्रता लिएका छन् । पछिल्लो जानकारी अनुसार यादवले ५ सय ६१ मत पाउँदा नेकपा एमालेका अरुण गोइतले ४ सय ८२ मत पाएका छन् ।
कञ्चनरुप नगरपालिकाको अध्यक्षमा जनमतका इन्द्रदेव कगोडिया यादव दोस्रो स्थानमा छन् । पछिल्लो परिणाम अनुसार पहिलो नम्बरमा नेपाली कांग्रेसका उम्मेदवार ललनप्रसाद गुप्ताले १५ सय २८ मत ल्याएर अग्रता लिँदा जनमतका उम्मेदवार यादव १३ सय २६ मतसहित दोस्रो स्थानमा छन् । सुधा देव