नेपाल निर्वाचन: स्थानीय तह चुनावपछिको राजनीतिक परिदृश्य कस्तो होला?

बिबिसी

प्रदीप बस्याल

चुनावी प्रचारका क्रममा कैलाली पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले त्यहाँको चुनावी सभामा गठबन्धन अझै 'क्लियर' भएको आफूले नदेखेको बताए।

तर उनले त्यस अघिपछिका कतिपय चुनावी आमसभामा गठबन्धन वर्षौँ लैजान आवश्यक रहेको समेत बताउने गरेका थिए।

गठबन्धनका लागि उनकै दलले कतै पाँच दलीय सत्ता साझेदारभित्रबाटै ठूलो चुनौती खेपिरहेको छ भने कतै एक-दुई दलसँग मात्र सहकार्य समेत भएको छ।

कैलालीको कैलारी गाउँपालिकामा त उनले स्वतन्त्र रूपमा उठेका आफ्नो दलका उम्मेदवारलाई नै जिताउन भन्दै नेपाली कांग्रेसको उम्मेदवारी फिर्ता हुनुपर्ने माग दोहोर्‍याएका थिए।

एमालेबाट टुक्रिएर बनेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले त्यस आसपास कांग्रेसमा आफू धेरै शक्तिशाली भएको 'दम्भ देखिएको' भन्दै असन्तुष्टि पोखेका थिए।

प्रकाशित मिति: : 2022-05-16 18:07:00

प्रतिकृया दिनुहोस्