कांग्रेसले चुनाव हारेपछि सहमहामन्त्री मुस्कानले दिए राजीनामा

अर्घाखाँचीमा स्थानीय तह निर्वाचनमा आफ्नाे पार्टी र गठबन्धनले चुनाव हारेपछि नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पदबाट राजीनामा दिएका छन्। उनले साेमबार बिहान साे पदबाट राजीनामा दिने घाेषणा गरेका हुन्।

निर्वाचनमा पाँच दलीय गठबन्धनले अपेक्षा गरेअनुसार परिणाम नआएपछि आफ्नाे नैतिकताका आधारमा राजीनामा दिएकाे उनले बताएका छन्। अर्घाखाँचीका हालसम्मकाे नतिजा हेर्दा नेकपा (एमाले) अग्रस्थानमा रहेकाे छ। भने, सठबन्धनका कुनै पनि उम्मेदवारले पालिकामा विजयी हासिल गर्न सकेका छैन्।

गठबन्धनका उम्मेवारले यसअघि जितेका तहहरूमा पनि पराजित भएपछि कार्यकर्ताबाट चर्काे विराेध भएपछि उनले राजीनामा दिएका छन्। 

मुस्कान नेपाली काँग्रेस अर्घाखाँचीका पूर्व सभापति समेत हुन्।

प्रकाशित मिति: : 2022-05-16 07:56:00

प्रतिकृया दिनुहोस्