लमही–९ मा कांग्रेसका केसी निर्वाचित

Breaknlinks
Breaknlinks

दाङको लमही नगरपालिका वडा नम्बर–९ मा नेपाली कांग्रेसका भेषबहादुर केसी (रमेश) विजयी भएका छन्।

उनी ८०३ मत ल्याएर  वडाध्यक्षमा  विजयी भएका हुन्। योसँगै लमहीमा कांग्रेसले आफ्नो खाता खोलेको छ। 

त्यसैगरी नेकपा एमालेका खिमबहादुर केसीलाई ११४ ले ६८९ मत प्राप्त गरेका छन्। 

०७४ सालको चुनावमा पनि भेषबहादुर वडाध्यक्षमा निर्वाचित भएका थिए।

योसँगै दाङमा १७ वटा वडाको मत परिणाम सार्वजनकि भएको छ। 

कांग्रेसले ६ वडामा जित निकालेको छ भने माओवादी र एमालेले पाँच–पाँच वडा र स्वतन्त्रले १ वडामा जित निकोलेको छ।

प्रकाशित मिति: : 2022-05-15 13:49:00

प्रतिकृया दिनुहोस्