भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै

File Photo
File Photo

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता कायम राखेको छ।

गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता कायम राखेकी हुन्। ४ हजार ४२३ मत गणना गर्दा उनले १६११ मत प्राप्त गरेकी छन्।

नेकपा (एमाले)का विजय सुवेदीले १५४१ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५३७ मत प्राप्त गरेका छन्।

गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा  महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ। 

प्रकाशित मिति: : 2022-05-15 13:09:00

प्रतिकृया दिनुहोस्