प्यूठानकाे स्वर्गद्वारी नगरपालिका वडा नम्वर २ को वडा अध्यक्षमा सत्तारुढगठबन्धनबाट राष्ट्रिय जनमोर्चाका बुद्धिराम पुन विजयी भएका छन्।
उनी ११४५ मत ल्याएर विजयी भएका हुन्। त्यसैगरी एमालेका मेघबहादुर घर्तीले ६ सय ९८ मत लिएका छन्।
त्यसैगरी वडा सदस्यमा शिवादेवी केसी, दलित महिला सदस्यमा रामकली सुनार, खुल्ला वडा सदस्यमा विष्णु खनाल र पूर्ण बहादुर घर्तीमगर विजयी भएका छन्।