प्यूठानकाे स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मेघराज जिसी विजयी भएका छन्।
उनले ७ सय ३१ मत ल्याउँदा एमालेका कुलबहादुर पुनले ५ सय ८० मत पाएका छन्।
उनीहरुबीच १५१ मतान्तर भएको छ। वडा अध्यक्षमा विजयी जिसी दोस्रो कार्यकालका लागि पुनः विजयी भएका हुन्।
वडा सदस्यमा स्मृतिकुमारी महरा पुन, धनीदेवी नेपाली, दिपक घर्तीमगर, निमबहादुर पुन विजयी भएका छन्।