गोसाईकुण्ड गाउँपालिका–३ मा एमाले विजयी

फाइल तस्वीर
फाइल तस्वीर

रसुवाको गोसाईकुण्ड गाउँपालिका–३ मा नेकपा एमालेको वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ।

एमालेका मिङमर छिरिङ तामाङले  २ सय ६० मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका डुक्तार तामाङले १ सय ६७ मत ल्याए। 

वडा सदस्यमा पालज्योर लामा, छेवाङ निमा तामाङ र महिला सदस्यमा सीता घले तामाङनी विजयी भएका छन्। 

प्रकाशित मिति: : 2022-05-15 09:10:00

प्रतिकृया दिनुहोस्