भरतपुर महानगरपालिकामा दाहालको अग्रता कायमै

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता कायम राखेको छ।

गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रतामा रहेकी छिन्। दुई हजार ९६८ मत गणना गर्दा उनले ९८ मतले अग्रता कायम राखेकी छिन्।

दाहालले एक हजार १०५ मत प्राप्त गरेकी छिन्। नेकपा (एमाले) का विजय सुवेदीले एक हजार सात  मत प्राप्त गरेका छन्,भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत प्राप्त गरेका छन्। 

यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार २२६ मत पाएका छन्। उनको प्रतिस्पर्धी एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८३० मत प्राप्त  गरेकी छिन्।

यस्तै हाल गणना भएको वडा नम्बर १ मा नेपाली कांग्रेसका केशव महर्जनले एक हजार २४४ र एमालेका शुक्रकुमार श्रेष्ठले एक हजार १९९ मत प्राप्त गरेका छन्।

गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा  महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ। यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा एमालेले अग्रता कायम गरेको छ।
 

प्रकाशित मिति: : 2022-05-15 08:55:00

प्रतिकृया दिनुहोस्