काभ्रेको बेथानचोक गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मधुसुदन तिमिल्सिना विजयी भएका छन्। ५०७ मत ल्याउँदै उनले जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार दण्डप्रसाद तिमिल्सिनाले ४९८ मत प्राप्त गरे।
यता, महाभारत गाउँपालिका-१ मा नेकपा माओवादी केन्द्रको तर्फबाट कान्छामान जिम्बा (रोहित) विजयी भएका छन्।