राेल्पाकाे परिवर्तन गाउँपालिका-१ कुरेलीमा माओवादी केन्द्रकाे प्यानलले जितेको छ।
माओवादीका उम्मेदवारले ७६३ मत ल्याएर विजयी भएका हुन्। निकटम प्रतिद्दन्द्दी कांग्रेसले ४७३ भोट पाएको छ।
१३ सय ७८ मत खसेको यस वडाबाट पालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारलाई ७१५ मत परेको छ भने कांग्रेस-एमाले गठबन्धनलाई ५५३ भोट गएको छ।
त्यस्तै, उपाध्यक्षमा माओवादी उम्मेदवारले ७२१ र गठबन्धनका उमेदवारले ४०६ मत पाएका छन्।
यो वडामा विप्लवको स्वतन्त्र पुतलीले अध्यक्ष र उपाध्यक्षमा ३-३ भोट पाएको छ।