काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। हालको मतगणना अनुसार स्ववन्त्र उम्मेदार बालेन शाहले अग्रता लिएका छन् भने केशव स्थापित दोस्रो स्थानमा छन्।
यता महानगरका एमालेका उम्मेदवार केशव स्थापितले भने बालेनको मेयर हुने दाबी केही समयमै समाप्त हुने दाबी गरेका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै स्थापितले भने, ‘अहिले बालेन जति अघि देखिएपनि बेलुका ८ बजेपछि उनको चुरीफुरी समाप्त हुन्छ।’
सुरुवाती मत परिणामबाट हौसिएका बालेन शाहका समर्थकहरुले साँझबाट राष्ट्रिय सभागृह वरपर मुखसमेत देखाउन नसक्ने अवस्था आउने उनको टिप्पणी छ।
प्रारम्भिक मत परिणामअनुसार पहिलो स्थानमा बालेन शाह छन् भने केशव स्थापित दोस्रो र तेस्रो स्थानमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंह रहेकी छन्।