गुल्मीकाे ईस्मा गाउँपालिका वडा– १ मा मतदान राेकिएकाे छ।
हर्पुकोट हिमालय माविमा दिउँसाे साढे १२ बजे लाइनमा बसेका मतदाताहरूबीच विवाद भएकाे थियाे। जसकारण निर्वाचन अधिकृतले मतदान प्रक्रिया रोकेकाे हाे।
स्थगित भएकाे मतदान पुनः सुचारू गराउन मतदाताहरू सकारात्मक रहेकाे गुल्मी प्रहरीले जनाएको छ।