हेलिकोप्टर दुर्घटनामा चालक दलका दुई सदस्यको मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली
file photo
file photo

छत्तिसढको राइपुरस्थित एउटा विमानस्थलमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ।

दुर्घटनामा क्याप्टेन गोपालकृष्ण पाण्डा र क्याप्टेन एपी श्रीवास्तवको मृत्यु भएको प्रहरीले जनाएको छ।अवतरण गर्न खोज्दा हेलिकप्टरमा आगो लागेको थियो । हेलिकोप्टरमा कुनै यात्रु थिएनन्।

बिहीबार राति ९ बजेर १० मिनेट जाँदा रायपुरको स्वामी विवेकानन्द विमानस्थलमा उडान अभ्यासका क्रममा उक्त दुर्घटना भएको प्रहरी वरिष्ठ उपरीक्षक प्रशान्त अग्रवालले बताए।

दुर्घटनाको कारण तत्काल थाहा हुन सकेको छैन। नागरिक उड्डयन महानिर्देशनालय र छत्तीसगढ सरकारको तर्फबाट विस्तृत प्राविधिक अनुसन्धान भएको छ।

प्रकाशित मिति: : 2022-05-13 08:26:00

प्रतिकृया दिनुहोस्