उम्मेदवारको बाटो खर्चमा गाउँ फर्कनेको लर्को (भिडियाेसहित)

शनि शाक्य

काठमाडौं

मुलुक स्थानीय तहको निर्वाचनमय भएसँगै काठमाडौं उपत्यकासहित सहरमा अस्थायी बसोबास गर्दै आएकाहरू मतदानका लागि गाउँघर हिँड्न थालेका छन्। ३० वैशाखमा मतदान हुँदैछ।

त्यसअघि विद्यालय बन्द हुनुका साथै मतदानका दिन सार्वजनिक बिदा परेपछि आममतदाता थातथलो लागेका हुन्।

काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधन यात्रुले कोचाकोच हुने गरेका छन्। यसरी सयौँ मतदाताले विभिन्न राजनीतिक दलले पठाएका गाडी प्रयाेग गरी अहिले काठमाडौंलगायत सहरी क्षेत्र छोडिरहेका छन्। 


तस्बिरहरू–

प्रकाशित मिति: : 2022-05-11 18:09:00

प्रतिकृया दिनुहोस्