शवलाई पूजा गर्न बाध्य पार्ने तान्त्रिक पक्राउ

बिएल संवाददाता

थाइल्यान्ड
File photo
File photo

थाइल्याण्डमा अनुयायीलाई आफ्नो फाेहर खान र शवलाई पूजा गर्न बाध्य पार्ने एक तान्त्रिक पक्राउ परेका छन। थावी नानरा नाम गरेका व्यक्ति थाइल्याण्डको छैयाफुम प्रान्तको जंगलमा बस्दै आएका थिए। जंगलभित्र रहेको उनको शिविरमा प्रहरीले छापा मारेको थियो ।

आफ्नी आमालाई फर्कन अनुमति नदिएपछि एउटी महिलाले तान्त्रिकका कर्तुतबारे जानकारी दिएको प्रहरीलाई सूचना दिने एक व्यक्तिले बताएका छन्। 

७५ वर्षीय नानरालाई पक्राउ गरेपछि उनका अनुयायीहरू र प्रहरीबीच झडप भएको थियो। शिविरमा कम्तीमा ११ ओटा शवहरू फेला परेका थिए। 

उनले सञ्चालन गरेको शिविर शहरदेखि टाढाको गाउँमा भएकाले लामो समयसम्म प्रहरी त्यसबारे सूचना नपाएको प्राप्त विवरणहरूमा जनाइएको छ। 
 

प्रकाशित मिति: : 2022-05-11 11:23:00

प्रतिकृया दिनुहोस्