काठमाडौं कलंकी चोकमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
आज बिहान करिब ३ बजेतिर कलंकीमा थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशातर्फ आइरहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको कालिमाटी प्रहरी वृत्तका डीएसपी अनिलकुमार घिमिरेका जानकारी दिएका छन्।
दुर्घटनामा मोटरसाइकलका चालक धादिङको धुनिवेशी नगरपालिका– २ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको उनले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) मा उपचारका क्रममा मृत्यु भएको उनले बताए।