राेल्पामा माओवादी कार्यकर्ताद्वारा कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

रोल्पाको गंगादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्।

गंगादेव गाउँपालिका–५ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मानबहादुर डाँगीको निर्देशनमा स्थानीय गुण्डाको रुपमा परिचित राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीकाे समूहले खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट कांग्रेसनिकट तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा गम्भीर घाइते भएका छन्।

कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका मनबहादुरलाई नेपालगञ्ज रेफर गरिएको छ। अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ।  केही समयमा पार्टीका नेताहरू आएपछि घटनाबारे छानबिन सुरू गरिने प्रहरीले जनाएकोे छ।

पूर्वमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती एक हप्तादेखि गंगादेव गाउँपालिकामा नै रहेको बेलामा गंगादेवमा खुकुरी प्रहारको घटना भएको कांग्रेसीहरूले बताएका हुन्। गएको हप्ता पनि वाईसीएलको आक्रमणबाट रोल्पाको माडी गाउँपालिका–४ का कांग्रेसका वडाध्यक्ष उम्मेदवार निमबहादुर डाँगी घाइते हुनु भएको थियो।

प्रकाशित मिति: : 2022-05-09 22:32:00

प्रतिकृया दिनुहोस्