भरतपुर महानगरपालिका–१२ मिलनचोक बस्ने २५ वर्षीय अनिल परियारको धारिलो हतियार प्रहारबाट आइतबार राति मृत्यु भएको छ।
सोही महानगरपालिका–७ कृष्णपुर नगर प्लटीङस्थित मोटरसाइकल आएका २-३ जना अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गर्दा अनिल गम्भीर घाइते भएका थिए।
उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी बिट कृष्णपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो।
घटनामा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।