सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ

File Photo
File Photo

सुनको भाउ बिहीबार तोलामा एक हजार चार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन तोलाको ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार एक सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ पनि प्रति तोलामा १५ रुपैयाँले बढेको छ। बुधबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा निर्धारण भएको छ।

प्रकाशित मिति: : 2022-05-05 11:53:00

प्रतिकृया दिनुहोस्