माओवादी केन्द्र बर्दिबासको प्रतिबद्धताः वार्षिक पाँच सय जनालाई रोजगार दिनेदेखि पर्यटन करिडोर बनाउनेसम्म

नेकपा माओवादी केन्द्र बर्दिबासले आसन्न स्थानिय निर्वाचनको लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।

बिहीबार एक कार्यक्रम गरी स्थानीय तहमा निर्वाचित भएपछि पाँच वर्षसम्म गर्ने प्रतिबद्धता र पाँच वर्षपछिका आधारहरू घोषणापत्रका माध्यमबाट सार्वजनिक गरेको हो।

घोषणापत्रमा युवा स्वरोजगार र रोजगारलाई मुख्य प्राथमिकता दिइएको छ। वार्षिक पाँच सयभन्दा बढी युवाहरूलाइ नगरभित्रै स्वरोजगार र रोजगार सिर्जना गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ।

विकाशका पूर्वाधारमा समेत आमूल परिवर्तन गर्ने बताउँदै उक्त घोषनापत्रमा धुलाम्य सडकबाट मुक्त बनाई वार्षिक १५ किलोमिटर सडकलाई पक्की बनाउने नीति लिइने बताइएको छ।

सबै प्रकारका सडक कम्तिमा चार मिटरको हुनुपर्ने नियम लागू गर्नेदेखि लिएर आवश्यक स्थानहरूमा फलाइ ओभर बृज र अन्डरपास निर्माण गर्ने नीति लिइने उल्लेख गरिएको छ।

नगरवासीहरूलाई निःशुल्क उपचारको लागि स्वास्थ्य बिमा परियोजनालाई गतिशील बनाउने, सुविधासम्पन्न सर्पदंस उपचार केन्द्र, एक वडा एक योग ध्यान केन्द्र, विपन्न र दीर्घरोगीहरूको लागि नगर स्वास्थ्य कोष स्थपना गरी निःशुल्क उपचारको व्यवस्था गरिने, बर्दिबासलाई सुविधा सम्पन्न, आधुनिक उपकरणसहित सय शय्याको अस्पताल स्तरोन्नति गरिने बताइएको छ।

आधिकारिक स्वामित्वको आधारमा तुरुन्त लालपुर्जा वितरण गर्नेदेखि किसान परिचयपत्र बनाउने, आधुनिक गोठ, खोर तथा पशुपालनमा २५ प्रतिशत अनुदानको व्यवस्था गरिने पनि माओवादी केन्द्रले नीति बनाउने बताएको छ।
 

प्रकाशित मिति: : 2022-05-05 11:47:00

प्रतिकृया दिनुहोस्