सीएनआईको महानिर्देशकमा दीपकराज जोशी

नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपक राज जोशी नियुक्त भएका छन्। परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकले निर्णय गरेर जोशीलाई महानिर्देशक नियुक्त गरेको हो।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै ‍सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। 

अग्रवालले नेपाली उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरेको तथा नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने बताए। 

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशी विगत २२ वर्षदेखि विभिन्न जिम्मेवारीमा सक्रिय रहेका छन्। उनले प्यासिफिक एसिया ट्राभल एसोसिएसनमा डेस्टिनेसन कमिटीको अध्यक्षको रूपमा समेत काम गरिसकेका छन्।

प्रकाशित मिति: : 2022-05-02 16:58:00

प्रतिकृया दिनुहोस्