सामाजिक सञ्जालमा राज्यको आलोचना गरेपछि ८ पाकिस्तानी पक्राउ, बिना शर्त रिहा गर्नुपर्ने एम्नेस्टी इन्टरनेशनको माग

बिएल संवाददाता

वासिङटन डिसी

एम्नेस्टी इन्टरनेशनलले पाकिस्तानी अधिकारीहरूलाई सामाजिक सञ्जालमा राज्यको आलोचना गरेको कारण हालै पक्राउ गरिएका आठ जनालाई  तुरुन्त रिहा गर्न आग्रह गरेको छ।

अधिकार वकालत समूहको दक्षिण एसिया अनुसन्धान निर्देशक दिनुशिका दिसानायकेले जारी गरेकाे विज्ञप्तिम पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले हालै ट्वीटरमा राज्यको आलोचना प्रकाशित गरेपछि आठ जनालाई पक्राउ गरेको छ भन्ने उल्लेख गरेकी छिन्।

'पाकिस्तानी अधिकारीहरूले अनलाइन अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्ने मानिसहरूलाई सजाय दिन कठोर पाकिस्तान इलेक्ट्रोनिक अपराध ऐन प्रयोग गर्न बन्द गर्नुपर्छ' उनले भनिन्।

दिसानायकेले यस साताको सुरुमा पञ्जाबमा गिरफ्तार गरिएका उनीहरूलाई तुरुन्त बिना शर्त रिहा गर्नुपर्ने भन्दै माग गरिन्। 

प्रकाशित मिति: : 2022-05-02 11:12:00

प्रतिकृया दिनुहोस्