संसद्मा पोर्न भिडियाे हेर्ने बेलायती सांसदले दिए राजीनामा

Photo: UK Gov
Photo: UK Gov

बेलायतमा संसद्मा अश्लील सामग्री हेरेको आरोपपछि प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका सांसद निल पेरिशले अन्ततः पदबाट राजीनामा दिएका छन्।

६५ वर्षीय पेरिशले ‘पागलपनको क्षण’का लागि माफीसमेत मागेका छन्। आफूले संसद्मा दुई पटक अश्लील सामाग्री हेरेको उनले स्वीकारेका छन्।

यसअघि उनले घटनाप्रति स्वीकार गर्ने संकेत गरेका थिए। आफ्नो फोनमा भूलबश भिडियो खुलेको हुन सक्ने उनको भनाइ थियो। सदनमा पोर्नोग्राफी हेरेको आरोप दुई महिला सहकर्मीले  सांसदमाथि आरोप लगाएका थिए।

उनीहरूले आफ्नो नजिकै बसेर पेरिशले वयस्क सामग्री हेरिरहेको गुनासो गरेका थिए। यस विषयमा अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित मिति: : 2022-05-01 09:27:00

प्रतिकृया दिनुहोस्