रोजगारीको खोजीमा विदेशिँदै युवा, चुनावका लागि गाउँ पस्दै नेता

थाहा खबर

काठमाडौं

 

सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ। यतिवेला सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता निर्वाचनको तयारीमा जुटेका छन्। नेता कार्यकर्ता भोट माग्न गाउँ पस्दा युवाहरू भने रोजगारीको खोजीमा खाडी पसिरहेका छन्। 

हरेक निर्वाचनमा राजनीतिक दलका तथा जनप्रतिनिधिले उठाउने एजेन्डा हो- युवालाई रोजगारको व्यवस्था गर्छाैं। रोजगारीको एजेन्डा अगाडि सार्दै पटक पटक निर्वाचन जितेका जनप्रतिनिधिजस्तै यसपटकका उम्मेदवारहरूले पनि सोही एजेण्डा अगाडि सारेका छन्। तर देशमै रोजगारीको व्यवस्था भने हुन सकेको छैन।

आजभन्दा ५ वर्ष अगाडि गाउँगाउँमा सिंहदरबारको सपना देखाएर निर्वाचन जितेका जनप्रतिनिधि फेरि गाउँ पस्न थालेका छन्। विभिन्न दलका नेता तथा कार्यकर्ता आफ्नो पक्षमा भोट तान्नका लागि जनताको घरदैलोमा पुग्न थालेका छन्। एकातिर निर्वाचनको मुखमा रोजगारको लोकप्रिय योजना अघि सार्दै नेताहरू भोट माग्न गाउँ पस्न थालेका छन् भने अर्कातिर देशको अर्थतन्त्रको आधा हिस्सा ओगटेका युवा रोजगारीको खोजी खाडी पस्न थालेका छन्।

 

प्रकाशित मिति: : 2022-04-29 19:47:00

प्रतिकृया दिनुहोस्