खस साम्राज्यमा संकटकालीन संकेत दिन निश्चित ठाउँमा दमाह बजाउने चलन थियो

तुङ्गनाथको डायरीबाट –४

Breaknlinks
Breaknlinks

खस साम्राज्य भरिमा तीन किसिमका खम्बहरु छन्। एक किर्ती खम्मा, दाेस्राे विजय स्तम्भ र तेस्राे वीरस्तम्भकाे नाममा खम्बाहरु उभ्याइएकाे पाइन्छ। यसरी स्तम्भकाे भनी उभ्याइएका ढुङ्गाका खम्बामा बाैद्ध शैली र हिन्दू शैलीका ज्ञान बर्दक चिन्हहरु 'ॐमणि पद्मे हुँ।' 'ॐस्वतिक' लेखेका हिन्दुनार मन्त्रहरु कुँदिएकाे पाइन्छ।

एघारौं शताब्दीदेखि लगभग १४ औं शताब्दीसम्म यस्ता बौद्ध र हिन्दु मन्त्रहरु रचना गरेको पाइन्छ।

मुगु जिल्लामा पर्ने छायाँनाथ मन्दिरको आसपास मुगाली करानी भोटे मरेको वर्ष त्यही गाउँको मान्छे छायाँनाथ गएर ढुङ्गाका चिष्टम चैत्य बनाइ त्यो मरेको मान्छेको मौका भोज खाने र चिष्टम चिन्ने गरिन्थ्यो।

चैत्यको स्थापना गर्दा जगमा केही चिज वस्तु शिलाको हकमा राखिएको हुनसक्छ।

काश्मीरदेखि कालीगण्डकीसम्म देवदारका रुखका सबै लौठ सल्लाका रुखहरु पाइन्छन्। मानसरोवर कैलाशलगायत भोटेवस्तीमा ढुङ्गाका चैत्यहरु पाइन्छन्। बौद्धमार्गीहरुले वृद्धाहरुलाई सम्मान पूर्वक स्याहारसुसार गरेको पाइन्छ। यो सिंजा साम्राज्यले निर्माण गरेको संस्कार हो।

’सम्पत्ति सम्पन्न विद्यानगरे, श्रीमती सिंजापुरे’ सिजा साम्रराज्य धन सम्पन्न, शिक्षा सम्पन्न साली थियो भन्ने जनाउँछ।

सिंजालाई सम्पन्न बनाउन काष्ठ कला उद्योग, तामा, कासो र फलामका भाँडा बनाउने उद्योग, इटा उद्योग, चुणा उद्योग, राडीपाखी उद्योग, ठेटुवा उद्योग, माठाका भाँडाकुँडा उद्योग, ढुङ्गा काट्ने उद्योग, माटाका पाइप पोलेर पानी सप्लाई गर्ने उद्यग लगायत धेरै उद्योगहरुले भूमिका खेलेका थिए। त्यतिखेर सिंजा परनिर्भर थिएन। खेतीपाती र व्यापार व्यावसाय पनि राम्रो थियो।

राजधानी लामाधाडाको वर्णन बेथे, थुम, भुसैन ३ वटा सेरु सुमेरु अग्ला गगनचुम्मी डाँडाले शोभायमान धोवीघाट उत्तरबाहिनी, हिमा नदीको संगम, चारैतिर मनमोहक खेतका फाँटहरु, वनजङ्गल, पाटन, तालतलैया, फलफूल र बुकी पाटनहरुले शोभायमान थियो- सिंजा नगरी।

सिंजामा ठकुरी, ब्राह्मण, कामीभन्दा पहिले क्षेत्री जातिको बसोवास हुनसक्छ भन्ने छ। क्षेत्री जाति खस जाति हो। रोकाया, रावत, राक्ल, कार्की, बुढा, थापाहरु खसराज्यमा सेना र कुनै न कुनै पदमा बसेको पाइन्छ।

खसराज्यको बिहिरी किल्ला लेखपोर जानेबाटो, मग जाने बाटो, मरफान, कालाकांडा, बुडु, लुम, ओखरपाटा, रानीसैन, बाह्रखर्क, मोफ्ला, ओदी र भित्री किल्ला गडा (गण), चौखी, चोथा, जाँचर धपा (धापा) यस्तै, जामले र ठाउँले सुरक्षित छ।

खसराज्यमा झराली सेना र तलवी (नियमित) सेना थिए। तलवी सेना दुई लाख पच्चिस हजार थियो भन्ने अनुमान छ। झराली सेना आवश्यक परेको बेला बोलाउने र काम सम्पन्न गर्ने गरी गाउँगाउँमा तालिम प्राप्त गाउँलेहरु बनाएर राखेका थिए।

संकटकालीन संकेतको रुपमा निश्चित ठाउँमा दमाहा बजाउने छुट्टै बाजाको तालमा विगुल, घण्ठ आदि र कुलाला भन्ने जाति कुर्लेर कराएर बोलाउँदा जम्मा हुने प्रथा थियो।

वर्षे राजधानी सिंजालामा थाडा र हिउँदे राजधानी दुल्लु हुँदा जारी भएका आदेश, उपदेशहरु एउटै भाषा र शैलीका हुन्थे। दुल्लु जाँदा र सिंजामा फर्कँदा हिमा नदी र तिला नदीको किनारै किनार जुविथा गाल्जेको साँघुलाई तरेर भर्तां कालिकोट हुँदै आवतजावत हुन्थ्यो।

गाल्जेको साँघुलाई रैकासाँघु (राजाको साँगु) भन्थे। सिंजादेखि दुल्लुसम्म बाटामा बुद्ध चैत्यहरु, देवलहरु, मगराहरु, ढुंगेधाराहरु बाटाघाटाहरु ठाउँ ठाउँमा देवदारका रुखहरुले बाटो सजिलो, आकर्षक र सोभायमान थियो। भर्तांको बाटोमा हिउँ पनि पर्दैन थियो। खसराज्यको बाहुल्य भएको ठाउँमा राती मार्सी, डाडीमे मार्सी धानखेती हुने गर्थ्यो।

बलिराजा छिनासिम खलङगाको राज्य भिषेक हुँदा काली मार्सी धानको बीउ ल्याएर तातोपानी लाछीज्युलामा उमारी, फलाई बावाचन्दनाथको हातबाट बलिराजाको राज्यभिषेक भएको थियो। राजमहल प्रवेश हुँदा बलिराजाको प्रवेश भएको मिति साके १६७३ जेठ १२ गते शनिबारको दिन हात्तीमहल छिनासिममा गृह प्रवेश भयो।

हात्तीमहल बनाउँदा सिपालु कर्मीको मात्र ज्याला दिने र अरु काम भाराबाट गराउने गरिएको थियो। महल बनाउँदा जडानबाट क्षेत्रबाट नौ हजार र खसानवाट तीन हजार रकम उठेको थियो।

अहिलेको करनाली अञ्चललाई १८ दरा २२ पाखामा विभाजन गरी राजकाज चलाइएको थियो। खसराज्यका उच्च ओदामा बस्ने पदाधिकारीका नाम सामन्त, मण्डलाधिश, महासामन्त राखिएका थिए। छिनासिमका राजा पनि खसराज्यका सामन्त थिए। पछि यिनी खसराज्यका पदाधिकारीहरु बाइसे, चौबीसे राज्यका राजा हुन पुगे।

एउटा उखान छ बलि राजराज मौजी कमान्ड र बीसराज बाजाबाजको व्यापार गर्ने, यसो वर्माका छोरा जक्ती सिंह, जाजरकोटका राजा यसो वर्माका ज्वाइँ बलि राजा छिनासिमका राजा भए। उनको राज्य अहिलेको कर्णाली अञ्चल थियो।

खसराज्यका माथिल्लो दर्जाका मलय वमले आफ्नो राजधानी खाँणाचक्र मात्ममा बनाएका थिए। उल्लेखनीय काम दुल्लुका सालका दार हातसारो गरी मानसरोवर नार्थमा ५०० गुम्बा बनाए। मानवसरोवर कैलास खोचेरनाथ खस साम्राज्य सिंजाकै मातहतमा थियो।

खस राजाहरुको वंशावली नागराज, चाप, चापिल्ल, कासीचल्ल, क्राधिचल्ल, क्राचल्ल, असोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, अक्षय मल्ल, आदित्य मल्ल, पुण्य मल्ल, पृथ्वी मल्ल, सूर्यमल्ल, अभय मल्ल हुन्।

प्रस्तुती : महेश नेपाली

प्रकाशित मिति: : 2022-04-29 05:57:00

प्रतिकृया दिनुहोस्