चेन्नई सुपर किङ्सलाई ११ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पन्जाब किङ्सले चौथो जित निकालेको छ।
मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन बनाउन सक्यो।
चेन्नईका अम्बाती रायडुले सर्वाधिक ७८ रन बनाए। रुतुराज गायकवाडले ३० रनको योगदान गरे।
पन्जाबका कागिसो रबडा र ऋषि धवनले २-२ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको योगफल तयार पारेेकाे थियाे।
पन्जाबका शिखर धवनले अविजित ८८ रन बनाए। यस्तै भानुका राजपाक्षेले ४२ रनको योगदान गरे। चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए।
प्रतियोगितामा पन्जाबले ८ खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा छ। छैटौं हार बेहोरेको चेन्नई ८ खेलबाट ४ अंक जोडेर नवौं स्थानमा छ।