राप्रपाले यी स्थानीय तहमा टुङ्गाे लगायाे उम्मेदवारकाे नाम (सूचीसहित)

तेजन खड्का

काठमाडौं
File Photo
File Photo

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशभरका विभिन्न स्थानीय तहमा उम्मेदवारकाे टुङ्गाे लगाएकाे छ।

राप्रपाले आइतबार बिहानसम्म यी स्थानीय तहमा उम्मेदवारकाे नाम टुङ्गाे लगाएकाे हाे। जसअनुसार काठमाडौं महानगरको मेयरमा मदनदास श्रेष्ठ, उपमेयर विनिता मगैया, ललितपुर महानगरको मेयरमा अष्ट महर्जन, उपमेयर स्वर्णिमा शाक्य, पोखरा महानगरमा शंकर खराल र उपप्रमुखमा रञ्जु सेन रहेका छन्।

त्यस्तै वीरगंज महानगरमा गिरिश गिरी, उपमेयरमा बिना जयसवाल, बुटवल उपमहानगरमा मृगेन्द्र शेरचन, शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा जित बहादुर भण्डारी  र उप-प्रमुखमा लक्ष्मी चन्द, विर्तामोडको प्रमुखमा ध्रुब उप्रेती, उपप्रमुखमा रञ्जु प्याकुरेल, सिद्धार्थनगरमा सागर प्रताप राणा, देवदहमा माधव रिमाल, तिलोत्तमामा भुवन खनाल, सैनामैनामा मीनप्रसाद घिमिरे, तानसेन नगर प्रमुखमा सुदीप रेग्मी र उप प्रमुखमा बिर्जु खाती, दमकमा राम थापा, गौरादहमा गोपाल पौड्याल, उपमेयरमा भरिपूर्ण राई रहेका छन्।

त्यसैगरी राप्रपा जिरीको मेयरमा किरण खड्का, उपमेयरमा श्रृष्टि न्यौपाने, ललितपुरको गोदावरीमा मेयरमा राजकुमार महर्जन, उपमेयरमा रञ्जिता श्रेष्ठ खत्री, झापाको कचनकवलको प्रमुखमा अञ्जार आलम र उपप्रमुखमा निमसरी राजवंशी, मेचीनगरको मेयरमा रमेश दाहाल, उपमेयरमा सबिना बजगाँइ, झापाकै बाह्रदशीमा रामकुमार सिंह राजवंशी र उपप्रमुखमा कमला कार्की,  हल्दिबारीको प्रमुखमा रवीन्द्र लिङ्देन, उपप्रमुखमा लक्ष्मी मैनाली, कञ्चनपुरको भिमदत्त नगरपालिका प्रमुखमा गजेन्द्र चन्द, उपमेयरमा हेलेन श्रेष्ठकाे नाम पक्का भएकाे छ।

विभिन्न दलमा टिकटकाे विषयलाई लिएर विवाद भइरहँदा राप्रपाले भने बेलौरी नगरपालिका प्रमुखमा अभिषेक जोशी, दार्चुलाको गोकुलेश्वर नगरपालिकाको प्रमुखमा रामानन्द सरस्वती, बर्दियाको मधुवन नगर प्रमुखमा गिरिराज पुरुष, तनहुँको व्यास नगरको प्रमुखमा दौलत अधिकारी, भानु नगर प्रमुखमा शेरजंग अधिकारी, भिमादमा विष्णु भक्त खनाल, शुक्लागण्डकीमा विष्णु थापा मगर, बाराको निजगढमा मेयरमा सावित्री देवी भारती, उपमेयरमा वासुदेव तिमल्सिना, स्याङ्जाको चापाकोट नगरपालिकाको मेयर पदमा मुन शाह र उपमेयरमा जीवन पंगेनी, पुतलीबजारमा तुलसिंह ठकुरीलाई उम्मेदवार पक्का गरेकाे छ।

गोरखा नगरपालिकाको प्रमुखमा रुद्रराज पाण्डे र उपप्रमुखमा सम्झना लामिछाने, काठमाडौंको बुढानिलकण्ठ नगर प्रमुखमा निनादेवी भेटवाल, कोहलपुर नगरको प्रमुखमा प्रदीप शाह र उपप्रमुखमा साबित्रा घिमिरेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।

धेरै स्थानीय तहमा उमेदवारी टुंगो लगाउन बैठक जारी छ। आज अपरान्हसम्म अधिकांश स्थानीय तहको उमेदवारी टुंगो लाग्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2022-04-24 11:05:00

प्रतिकृया दिनुहोस्