मोदीकाे अँध्यारो यात्रा र जोनसनको लज्जास्पद मौनता

AFP

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारत भ्रमण सकेर फर्किसकेका छन्।

उनी विमानबाट ओर्लिनवितिकै दुई देशबीचको व्यापार सम्झौता र राजनीतिक भेटघाटमा सक्रिय रहे (भारतमा रहँदा)। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग रक्षा, जलवायु, प्रविधि र ऊर्जालगायतका विषयमा केन्द्रीत देखिन्थें। यतिबेला भारतले स्वतन्त्रताको अमृत महोत्सव मनाइरहेको छ। साेही माैका छाेपेर बोरिस दुई दिने भारत यात्रामा निस्केका हुन्।

एकातिर शक्तिराष्ट्र विभाजित भइरहेको रसिया–युक्रेन द्वन्द्व। अर्कोतिर बोरिसको भारतीय समकक्षीसँग भेटवार्ता। उनको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। जोनसन (बुधबार) भारतीय प्रधानमन्त्री मोदीको गृह राज्य गुजरात पनि पुगे।

राजनीतिक भेटवार्ता र शुभकामना आदानप्रदानमा सक्रिय रहे, उनी।

अर्काेदिन मोदीले जोनसनलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा स्वागत गरे। मोदीसँगको भेटअघि बोरिसलाई दिल्लीमा गार्ड अफ अर्नर प्रदान गरियाे।

बोरिसलाई गुजरातले विनम्रतापूर्वक स्वागत गर्‍याे। उनकाे स्वगतका लागि निकै तामझाम गरियाे। गुजरातः प्रधानमन्त्री मोदीको गृह राज्य मात्रै होइन, भारतीय राजनीतिकाे शिखरमा पुर्‍याउने पाठशाला पनि हो।

बोरिससँगै अनेकौं योजनाहरू देखाएर आउँदो निर्वाचनलाई पनि प्रभावित गर्न चाहन्थें, मोदी। त्यसै गरे, उनी खूब चतुर छन्। अघिल्लोपटक अमेरिकी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पलाइई पनि नयाँदिल्ली हुँदै गुजरात पुर्‍याएका थिए। यसपटक पनि सुनाैलाै मौका खेर फालेनन्। सुरू मै गुजरात ओराले।

गुजरातबारे पश्चिमेली मुलुकका शीर्ष नेताहरू स्पष्ट छन्। बेलायत–अमेरिका एकताका गुजराती हिन्दूवादीको विरोध गर्थे। यसपटक प्रधानमन्त्री बोरिस गुजरात छिरेलगतै चर्को आलोचना भएको छ।

गुजरात पुगेर पनि उनले गुजरात नरसंहारको कुनै सन्दर्भ जोडेनन्। बोरिसले कहालीलाग्दो विगत सम्झन पनि चाहेनन्। मानिसहरूको आशा थियो– उनी नरसंहारविरूद्ध बोल्ने छन्। तर उनले त्यसो गरेनन्।

स्मरण गरौँ– दुई दशकअघि दश हजारभन्दा बढीको हत्या गरिएको थियो। हिंसालाई बढावा दिएको आरोप लागेका तत्कालीन पात्र मोदी र अमित शाह नै अहिले भारतीय राजनीतिको उच्च तहमा छन्। भलै उनीहरूले अदालतबाट सफाइ पाइसकेका छन्।

राष्ट्र पिता महात्मा गान्धी र पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूले अंगालेको वैचारिक र बहुचरित्र भएको भारतलाई प्रधानमन्त्री मोदीले उल्टो बाटो हिँडाइरहेका छन्। हुन त उनी राष्ट्रिय स्वयंसेवक संघ – आरएसएसको सदस्य हुन्। जसबाट भारतीय जनता पार्टी – बीजेपी सञ्चालित छ।

वास्तवमा उनले नेतृत्व गरिरहेको भारतमा एउटा डरलाग्दो मुस्लिम विरोधी भावना छ। स्वभाविक रूपमा उनी भाजपा निर्देशित हिन्दू राष्ट्रवादलाई पछ्याउँछन्। तर देशप्रेमी र मुस्लिम समाजको नेता हुन सकिरहेका छैनन्। भारतका २० करोड मुस्लिमहरूलाई नराम्रो दृष्टिले पनि हेर्छन्, उनी। 

हिन्दू राष्ट्रवादी मोदी जानीजानी ओरालो यात्रा तय गर्दैछन्– विश्लेषक। उनले आधुनिक भारतलाई अँध्यारो बाटोमा हिँडाइरहेका छन्। यस्ता अनेकौं कतुर्त बेलायत र प्रधानमन्त्री बोरिसलाई राम्रोसित थाहा छ। तर सम्भावित व्यापार सम्झौताका कारण उनी मौन छन्। मानवीयताभन्दा व्यापार नै ठूलो ठाने, बोरिस।

भारत सरकारले मुस्लिम बाहुल्य राज्य जम्मु–कश्मीरको जनसंख्या कम गर्न अनेकौं प्रयास थालेको छ। मोदी प्रशासन हिन्दूहरूलाई त्यहाँ जान प्रोत्साहन गर्न खोजिरहेको छ। राज्य दशकौंदेखि घना सैन्य कब्जामा छ। हुन त अधिकांश कश्मीरीहरू भारतको हिस्सा बन्न चाहँदैनन्। 

अगस्ट ०१९ ताका प्रधानमन्त्री मोदीले कश्मीरको अधिकार पनि खोसे। सोही वर्ष सरकारले ल्याएको नागरिक संशोधन ऐनमार्फत् मुस्लिमहरूलाई नागरिकताबाट वञ्चित गर्‍यो। बीजेपीका तत्कालीन अध्यक्ष अमित शाहले बंगलादेशबाट आएका आप्रवासीहरूलाई अपमान गर्ने भाषा बोलिरहे। संसार चुप रह्याे। र, सन् २०१७ को गुजरात नरसंहारअघि मोदीको मुस्लिम नीति र म्यान्मारको सैन्य सरकारले रोहिंज्या मुस्लिममाथि गरेको बर्बता उस्तै–उस्तै छ।

प्रकाशित मिति: : 2022-04-24 06:04:00

प्रतिकृया दिनुहोस्