किन लुकाए केकी–वर्षाले अन्तिम समयसम्म विवाहको खबर ?

नेपालका दुई अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले यसै साता लगनगाँठो कसेका छन्। सम्भवत: रिलमा धेरैपटक लगनगाँठो कसिसकेका यी दुई अभिनेत्रीले रियलमा पनि लगनगाँठो कसे, दह्रै बाँधिएको होला, नफुस्कियोस्; शुभकामना।

केकीले व्यवसायी रोहित तिवारीलाई विवाह गरिन्, वर्षाले इन्जिनियर आशीष गेलाललाई । दुबैले सानो पारिवारिक जमघटमा होटल र रिसोर्टमा विवाह गरे। दुबैले आर्थिक रूपमा भरपर्दो पार्टनर जोहो गरे। र, आफ्नै प्रेमी भनिएकासँग वालिग भएपछि पारिवारिक सहमतिमा राजिखुशीसँग विवाह गरे।

समाचार यति हो र देखिने कुरा पनि जम्माजम्मी योभन्दा धेरै छैन।

तर, कुरा यति मात्र हैन, यो देखिने समाचारका पछाडि अर्को लुकाइएको समाचार पनि छ। त्यो के भने यी अभिनेत्रीले अन्तिम समयसम्म पनि लगनगाँठोको समाचार लुकाउने प्रयन्त गरिरहे। हरेक कुराको समाचार आवोस् भन्न चाहने उनीहरू आफ्नो विवाहको समाचार चाँहि नआवोस् भन्ने अवस्थातिर धकेलिए।

आखिर के त्यस्तो कारण थियो जस्ले गर्दा उनीहरू जीवनमा सामान्यत: एकपटक गरिने विवाह-उत्सव पनि लुकी लुकी गर्न बाध्य भए। उनीहरूले लुकाउने प्रयत्न गरेको देख्दा यस्तो लाग्थ्यो, उनीहरू विवाह हैन, लुकी लुकी कुनै अपराध गरिरहेका छन्।

ठ्याक्कै कारण भन्न नसकिए पनि पेज थ्री कारणका बारेमा अनुमान गर्न सकिन्छ। त्यो के भने यी दुबै अभिनेत्री एक हैन, अनेक प्रेममा थिए। एक्स ब्यायफ्रेण्डहरूको लामो सूची नै थियो यी दुबैको। स्कूटी गर्लदेखि कारसम्म पुग्दा यिनीहरूले स्टेसन फेरेजस्तै ब्यायफ्रेण्ड फेरेको कुराले बेला बेलाका पेज थ्री भरिएकै हुन्।

समयले उनीहरूको उमेर मात्र बढाएन, उत्रदो उमेर र गिर्दो चलचित्र करिअरसँगै व्यवहारिक पनि बनायो। उनीहरूले बुझे, विवाह एक किसिमको बार्टर नै हो। आफ्नो सेलिब्रिटी नामसँग किन दाम नसाट्ने ?,  उनीहरू त्यही निस्कर्षमा पुगेर साइकल ब्यायफ्रेण्ड, बाइक ब्यायफ्रेण्ड छोड्दै कार ब्यायफ्रेण्डसम्म पुगे।

त्यहाँसम्म पुग्दा स्टेसनमा छोडिएका कति एक्सहरू उनीहरूसँग बदला लिने मुडमा पुगे होलान्, कति एक्सहरूले धोका पाएको महसुस गरे होलान्, कति एक्सहरूसँग दशी प्रमाण पनि छुटे होलान्। यी सबैको हिसाब किताब हुन थाल्यो भने पछिल्लो स्टेसन पनि छुट्ने सम्भावना हुन्छ भन्ने लाग्यो होला उनीहरूलाई। त्यही सम्भावनाले सिर्जना गरेको डरले देखाएर गर्नुपर्ने विवाह उत्सव पनि उनीहरूको लागि लुकाएर गर्नुपर्ने कर्मकाण्ड बन्न पुग्यो।

हुन पनि हो, नेपाली समाजमा केटाले मेरो एक्स गर्लफ्रेण्ड भन्ने अवस्था रहे पनि केटीले मेरो एक्स ब्यायफ्रेण्ड भन्न सक्ने अवस्था अझै बनिसकेको छैन। अरू त अरू धेरै एक्स गर्लफ्रेण्ड भैसकेर पछिल्लो गर्लफ्रेण्डसँग विवाह गरेको केटोले पनि आफ्नी श्रीमतीको एक्सवाला रामकहानी चाँहि सुन्न सक्दैन। कतिले सुन्न सके पनि उनीहरूको परिवारले सुन्न सक्दैनन्। र, एक किसिमले पारिवारिक जीवन नै खतम भएका धेरै उदाहरण पाइन्छन्। 

केकी र वर्षाको सन्दर्भमा पनि यस्तै हुन सक्छ। व्यवसायी रोहित र इन्जिनियर आशीष जुन उमेर र वातारवरणमा छन्, उनीहरू पनि एक्स नभएको भन्न सकिने अवस्था छैन। त्यसैले राम्रीसँग प्रेममा परेकाले  उनीहरू आफ्नी राम्रीहरूको एक्सवाला कुरालाई सुनेको नसुनै गरेर पचाउन सक्छन्। तर, जब उनीहरूको पारिवारिक जमघट हुन्छ, त्यहाँ भित्ताको पनि कान हुँदा कतै केकी र वर्षाको एक्सवाला कुरा बाहिरियो भने त्यहाँ बबाल हुन सक्छ, कुरूक्षेत्र हुन सक्छ।

यो ‘एक्स’ हेर्दा दुई अक्षरको भए पनि अर्को दुई अक्षरको शव्द ‘बम’ जस्तै छ नेपाली समाजमा। समयक्रममा यसको प्रभाव घट्दो छ तर पनि केकी र वर्षाको पुस्ता त्यो कम्फोर्ट जोनसम्म आइपुगेको छैन। त्यसैले त उनीहरू जीवनमा एकपटक गरिने विवाह पनि लुकी लुकी गर्न बाध्य छन्।

हुन त केहीलाई यो प्राइभेट माम्ला पनि लाग्न सक्छ। तर, उनीहरू सामाजिक व्यक्तित्व अर्थात् सेलिब्रेटी भएकाले त्यसो भनेर धर पाइदैन। ताली र गाली, प्रशंसा र आलोचना उनीहरूको सामाजिक जीवनले सरोबरी भोग्नुपर्छ।

प्रकाशित मिति: : 2022-04-23 09:46:00

प्रतिकृया दिनुहोस्