तेह्र करोड ७० लाख अमेरिकीहरु अस्वस्थ हावामा

करिब १३ करोड ७० लाख अमेरिकी नागरिक खराब अवस्था रहेको हावा अर्थात् अस्वस्थ हावामा बस्ने गरेको एक अध्ययनले देखएको छ। बिहीबार सार्वजनिक गरिएको एक रिपोर्टमा सो कुरा उल्लेख गरिएको छ। उक्त रिपोर्ट अनुसार करिब १३ करोड ७० लाख अमेरिकी नागरिकहरु प्रदुषित हावामा बस्ने गरेका पाइएको समाचार माध्यमले  जनाएको छ। 

अमेरिकी लङ एसोसिएसनले बिहीबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको समाचारले जनाएको छ। खराब वायुको मात्रा बढ्दै गएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। गत वर्ष यस्तो खराब वायुमा बस्न बाध्य भएका अमेरिकीको संख्या ९० लाख भन्दा केही बढी रहेको भए पनि यो मात्रा बढेको पाइएको उल्लेख छ। सन् २००० देखि उक्त संस्थाले  वायुको गुणस्तरीयता मापन गर्ने गर्दै आएको छ।
 

पछिल्लो समयमा उक्त एसोसिएसनले यस्तो खराम वायुमा बस्न बाध्य भएका नागरिकको संख्याका बारेमा पनि अनुसन्धान गर्ने गरेको छ। 
 

प्रकाशित मिति: : 2022-04-22 15:52:00

प्रतिकृया दिनुहोस्