बेलायतका विपक्षीले प्रधानमन्त्री जोनसनलाई भने–‘लाज नभएको मान्छे’

File Photo
File Photo

बेलायतका विपक्षी पार्टीले प्रधानमन्त्री बोरिस जोनसनको आलोचना गर्दै उनलाई ‘लाज नभएको मान्छे’ भनेका छन्।

कोभिड लकडाउनका समयमा प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा आयोजित मदिरा पार्टीलाई लिएर प्रधानमन्त्रीको चर्को आलोचना हुँदै आएको छ। 

पार्टीको फुटेज चुहावट भई सामाजिक सञ्जालमा भाइरल भएपछि बेलायती सञ्चार माध्यमहरूले सो काण्डलाई ‘पार्टीगेट’ भनेका थिए।

प्रधानमन्त्रीले कोभिड १९– निर्देशिका उल्लंघन गरेको महानगरीय प्रहरीले जनाएको छ। उनी कानून तोडेको आरोपमा दण्डित हुने पहिलो बेलायती नेता पनि हुन्। सोही काण्डलाई लिएर प्रधानमन्त्रीले क्षमायाचना गरेका छन्। 

विपक्षी लेबर पार्टीका नेता कियर स्टाररले प्रधानमन्त्रीको माफीलाई ठट्टा बताउँदै बेलायती जनताले उनको विश्वास नगर्ने बताएका छन्। ‘राजनीतिमा हुनुपर्छ। देशको बदनामी बन्द गर्नुपर्छ’, उनले भने। प्रधानमन्त्रीलाई पदबाट राजीनामा दिन पनि उनले अनुरोध गरेका छन्।

प्रकाशित मिति: : 2022-04-20 12:34:00

प्रतिकृया दिनुहोस्