सिटीको पोस्टमा युनाइटेडले गर्‍यो चार गोल

Photo: skysports
Photo: skysports

उपाधी होडमा रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ४–० अन्तरले पराजित गरेको छ।

घरेलु मैदान एनफिल्डमा  एकपक्षीय खेल खेलेको लिभरपुलले उपाधि यात्रामा म्यानचेस्टर सिटीलाई पछ्याउने क्रममा दुबै हाफमा दुई-दुई गोल गरेकाे हाे।

टोलीको सानदार जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक-एक गोल गरे।

पुत्रशोकका कारण युनाइटेडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो खेलमा अनुपस्थित भए।

जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक जोडेको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७४ अंक छ।

हारसँगै युनाइटेड ३३ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा छ।

प्रकाशित मिति: : 2022-04-20 07:03:00

प्रतिकृया दिनुहोस्