मार्स अस्पताल भर्ना, दिल्ली क्यापिटल्सका चार खेलाडीमा कोरोना

file photo
file photo

दिल्ली क्यापिटल्सका अलराउन्डर मिचल मार्समा कोभिड संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना भएका छन्।जारी इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत दोस्रो पटक गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट आएको हो।  

यससँगै उनी कम्तिमा १० दिन अस्पतालमा रहने छन्। मार्ससँगै दिल्लीका दुई सदस्यको परीक्षण पोजिटिभ आएको छ। यससँगै पोजिटिभ सदस्य चार पुगेको हो। 

‘दिल्ली क्यापिटल्सका अलराउन्डर मिचेल मार्समा कोरोना पोजिटिभ देखिएको छ। चिकित्सक टिमले मार्सको स्थिति बारे नजर राखिरहेका छन्।’ दिल्ली क्यापिटल्सले भनेको छ। 

यससँगै बुधबार पञ्जाब किंग्सविरुद्धको खेल हुनेमा आशंका बढेको छ।  टिम सदस्यमा कोरोना देखिएसँगै खेलाडीहरू होटलबाट बाहिर निस्कन पाएका छैनन् र अभ्यास समेत रोकिएको छ।  

प्रकाशित मिति: : 2022-04-19 13:19:00

प्रतिकृया दिनुहोस्