युक्रेन संकटः राष्ट्रपति बाइडेनले साझेदारहरूसँग छलफल गर्ने

File Photo
File Photo

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन संकटबारे साझेदारहरूसँग छलफल गर्ने भएका छन्। राष्ट्रपतिले रूसलाई जवाफदेही बनाउन कसरी समन्वय गर्ने भन्ने विषयमा मंगलबार साझेधारहरूसँग छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ। 

‘युक्रेनमा हाम्रो निरन्तर समर्थन र रूसलाई जवाफदेही बनाउने प्रयासहरूबारे छलफल गर्न सहयोगी र साझेदारहरूसँग राष्ट्रपतिले भिडियो कल गर्नेछन्’, ह्वाइट हाउसले भनेको छ।  

पछिल्ला दिनमा रूसले आफ्नो हमलालाई पूर्वी युक्रेनमा केन्द्रित गरेको छ।

प्रकाशित मिति: : 2022-04-19 06:29:00

प्रतिकृया दिनुहोस्