राष्ट्रपति जेलेन्स्कीको दाबी : युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिए

file photo
file photo

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन्।

२४ फेब्रुवरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताएका छन्।

‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनलाई उनले भने। युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको उनको दाबी छ।

मस्कोले गत महिना युद्धमा आफ्ना १३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको थियो।

युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुबै पक्षले आआफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन। एजेन्सी

प्रकाशित मिति: : 2022-04-16 14:04:00

प्रतिकृया दिनुहोस्