रेखाको भाषणमा गडगडाहट ताली, इलाममा उर्लियो जनलहर

नायिका रेखा थापा राप्रपा नेपालद्धारा आयोजित बृहत आमसभामा देश दौडाहामा छिन्।

पार्टीको केन्द्रीय सदस्य समेत रहेकी रेखा गाउँशहरमा पुगेर  महिला हक अधिकार र अहिलेका नेताहरु प्रतिको वितृष्णा पोखिरहेकी छिन्। रेखा यतिवेला पूर्वमा छिन्।

पूर्वमा हुने अधिकांश ठाउँमा उनी दमदार भाषण सुनाईरहेकी छिन्। उनको भाषणमा गडगडाहट तालि बज्नका साथै जनलहर नै उर्लिएको छ।

नायिका भएकै भरमा कसैले तार्किक बिष्लेषण गर्न सक्दैनन्, इलामको फिक्कलमा आयोजित आमसभा हेरेर फर्किएकी सिमा रेखा खड्काले भनिन्, ‘उहाँ (रेखा) त पर्दा बाहिर पनि नायिका हुनुहुँदो रहेछ।’

रेखाले देशको नेतृत्व गर्न युवा मात्र होइन, महिला पनि सक्षम भएको बताइन्। उनले भनिन्, ‘पार्टीभित्र  महिलाहरुलाई भनेजस्तै स्थान दिईनेछ, अब छाेरीचेलीहरू चुलाेचाैका र घासँ दाउरामा मात्र सिमित छैनन्।’

रेखाले आफू राजनीतिमा दर्शकको भूमिका निभाउन नआएको दावी गरिन्। उनले भनिन्, ‘म राजनीतिमा दर्शक होइन, खेलाडी बन्न आएकी हुँ। राजनीतिमा सक्रिय भएर केही गरेर देखाउनेछु’ रेखाले भनिन्।

‘अहिलेको राजनीतिलाई दोस्रो पुस्ताले सुधार्नुपर्छ। कुनै पनि सत्ता सञ्चालनमा गाली र गुनासो मात्रै गर्ने हामी मैदानमा नउत्रिए विकृति विसंगति रोकिन्न,’ बृहत आमसभालाइ सम्बाेधन गर्दै रेखाले भनिन्, ‘कहाँ कमजोरी छ। जनताको भावना हामीले कहाँनेर बुझिरहेका छैनौं? जनतालाई आश्वासन मात्र दिइरहेका छौं। तर, अब युवापुस्ताले जनताको भावना सम्बोधन गर्न नेतृत्व लिनुपर्छ, समस्या उठान गरेर मात्र हुन्न समाधानकाे तर्फ पनि उन्मुख हुनुपर्छ।’

‘हेर्नुहोस् कम्युनिष्टमा पनि बसेर काम गरेँ। होडिङ बोर्डमा एउटा एजेण्डा थियो, तर व्यवहारतस् थिएन,’ उनले भनिन्, ‘यहाँ सिद्धान्तले मात्र काम गर्दा रहेछन्। केन्द्रमा जनता र देश हुन पर्याे। व्यवस्थामा जनताले दुख पाउनु भएन। महिलाको मुद्दा मिल्न परो, मेनुमा एउटा कुरा, व्यवहारमा अर्को कुरा हुनुभएन।’

उनले आफू राप्रपामा आउनुको कारण यो पार्टी योग्य र दूरदर्शी रहेको बताइन्। ‘मैले राजनीति बुझेदेखि फिल्मी भाषामा भन्दा म यो पार्टीको ग्रेट फ्यान हुँ। दूरदर्शिता भएका नेता यो पार्टीमा छन्। पूरै देश एउटा रफ्तारमा बगेको बेला हिन्दू धर्मको उहाँहरूले वकालत गर्नुभयो, उनले भनिन्। 

उनले आफ्नो  लागि पहिलो र अन्तिम पार्टी नै राप्रपा भएको बताइन्। ‘म राष्ट्र र राप्रपाको झण्डा ओढेर मर्न चाहन्छु। म बाँकी समयमा पनि देशको सेवा गरेर मर्न चाहन्छु, उनले भनिन्, १६ वर्षको उमेरबाट एक्लै करिअर थालेर सफल भएझैं भोलि म राजनैतिक करिअरमा पनि मलाई साथ दिनुहुनेछ भन्ने मैले आशा गरेकी छु । मेरा लाखौं दर्शक तथा जनता खुसी हुनुहुन्छ भन्ने मैले आशा गरेकी छु।’ 

पर्दामा मात्र देखेका स्थानीयले रेखा थापालाई प्रत्यक्ष देख्न पाउँदा गदगद भएका थिए। रेखासँग सेल्फि खिचाउनेहरुको लाम बाक्लै थियो। उनीसँग सेल्फि खिचाउनेहरु भन्दै थिए, अब फिल्म हैन,देश चलाउनु पर्यो रेखा दिदी।

प्रकाशित मिति: : 2022-04-07 16:11:00

प्रतिकृया दिनुहोस्