अत्याधिक मात्रामा चिनीको प्रगोगले निम्त्याउने खतरा

agency
agency

हामी चियामा कति चम्चा चिनी लिन्छौ त? चिनी तथा मिठाइलाई लिएर फैलिएका भ्रमहरू हाम्रो दिमागमा प्रश्नको रूपमा रहेको छन्। यसबाहेक चिनी स्वास्थ्यका लागि हानिकारक छ, जसले धेरै रोग निम्त्याउन सक्छ।

यस्ता धेरै प्रश्न छन्, जसको उत्तर हामीलाई थाहा छैन वा आधा सत्य मात्र थाहा छ। उदाहरणका लागि, हामीले दिनमा कति ग्राम चिनी उपयोग गर्नुपर्छ। के हामी चिनी बिना हाम्रो आहारको कल्पना गर्न सक्छौं?

के हामी अप्रत्यक्ष रूपमा चिनीको उपभोग गर्न सक्छौं, के भन्छन् त विशेषज्ञहरु?

कुनै पनि चीजको अत्यधिक प्रयोग सधैं हानिकारक हुन्छ। चिनी प्रत्यक्ष र अप्रत्यक्ष रूपबाट हाम्रो शरीरमा पुग्छ। अप्रत्यक्ष रुपमा लिदाँ, चिनी हामीले खाने गरेका खाना तथा फलफूलबाट शरीरमा पुग्छ, किनकी हामी खाना चपाएर खान्छौं। जसले खानामा ग्लुकोजको मात्रा कम हुन्छ।

त्यसकारण हाम्रो शरिर स्वत रुपमा रहन्छ। तर यसलाई नै रसको रूपमा लिने हो भने, यो सीधै रगतमा मिसिन्छ र हामीलाई तत्काल ऊर्जा दिन्छ। तसर्थ जहिले पनि रसको आवश्क्ता पर्दैन। त्यसैले यसलाई डाइट प्लानअनुसार लिनुपर्छ पर्ने हुन्छ।

जो मानिस सेमी लिक्विड डाइटमा छन्, उनीहरुले जुस बढी खाने गर्छन्। चिनी प्रत्यक्ष ऊर्जाको स्रोत हो र यो रगतमा जम्मा हुन्छ, त्यसैले बच्चाहरूलाई गुलिया खानेकुरा कम मात्रामा खुवाउनु पर्छ। जब हामी मिठाई खान्छौं, हाम्रो जिब्रोमा एउटा तह बन्छ। जसकारण हामीलाई एउटै चिज बारम्बार खान मन लाग्छ।

चिनीमा कार्बोहाइड्रेटको मात्रा उच्च हुन्छ, जसले शरिरलाई हानि पु¥याउछँ। हामीले दैनिक २४ देखि ३० ग्राम चिनी अर्थात् ६ चम्चा चिनी खानुपर्छ। तर धेरैजसो मानिसले दिनभर ७५ देखि ८० ग्राम अर्थात् ८ देखि ९ चम्चा चिनी खाने गर्छन्। चिनीको सट्टा, तपाईं आफ्नो भोजनमा प्राकृतिक मिठाई शखर वा मह प्रयोग गर्न सक्नुहुन्छ। तपाइँको दिनचर्या स्वास्थ्य अवस्थामा निर्भर गर्दछ।

तपाइँले दिनभरि कति गुलियो खानुहुन्छ? उदाहरणका लागि, यदि एथलीटकले आफ्नो खानामा जुस वा फलको रूपमा मिठाई खान सक्छ, किनभने यसले शरिरको क्यालोरी जलाउँछ। अर्कोतर्फ, यदि कसैलाई मधुमेह वा कुनै रोग छ भने, उसको खानामा चिनीको मात्रा कम हुन्छ। यदि तपाइँ फलफूल खाँदै हुनुहुन्छ भने, सबै प्रकारका फलफूलहरू खानु आवश्यक छ किनभने सबै फलफूलहरूमा विभिन्न आवश्यक तत्वहरू पाइन्छ।

प्रकाशित मिति: : 2022-04-05 18:07:00

प्रतिकृया दिनुहोस्