तनहुँमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुँदै

फाइल तस्विर
फाइल तस्विर

तनहुँमा ७५ हजारभन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ। चैत २५ गतेदेखि जिल्लाका बालबालिकालाई विद्यालयमै टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो।

त्यसक्रममा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

टाइफाइडका कारण ज्यानै जोखिममा पार्न सक्ने भएकाले खोप लगाउन सबैले जागरुग गराउनपर्ने कार्यालयले जनाएको छ। धेरै सख्यांमा विद्यार्थी भएको विद्यालयमै खोपकेन्द्र राखेर खोप लगाइनेछ भने कम विद्यार्थी भएको विद्यालयलाई नजिकका विद्यालय वा स्वास्थ्य केन्द्र मार्फत् खोप लगाउने व्यवस्था मिलाइनेछ। चैत २५ देखि २९ गतेसम्म पहिलो चरणमा र चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म दोस्रो चरणमा खोप अभियान सञ्चालन हुनेछ।

विगतमा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्था साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा खोप लगाउन नहुने कार्यालयले जनाएको छ। टाइफाइड खोप लगाएपछि अन्य खोपहरुमा जस्तै केही सामान्य दुखाइ, सुन्निने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरु दुख्ने हुने भए पनि विस्तारै ठिक हुने कार्यालयले जानकारी दियो। यसका साथै टाइफाइडका मुख्य लक्षण जस्तै उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लागेमा समयमै सचेत हुन पनि कार्यालयले अनुरोध गरेको छ।

स्वास्थ्य कार्यालयकाको चिल्ड्रेन असिस्टेन्टस्टे वीरेन्द्र चौधरीका अनुसार खोप टोलीमा खोप दिने स्वास्थ्यकर्मी कम्तिमा एक जना र आवश्यकता अनुसार थप गरिनेछ। प्रत्येक खोप केन्द्रमा एक जना महिला स्वास्थ्य स्वयंसेविका र अनिवार्य रुपमा एक जना तोकिएको महिला शिक्षिका खटाइनेछन्। विद्यालय बाहिर खोपकेन्द्र भएमा एक जना स्वयंसेविका र खोपकेन्द्र नरहेको नजिकको विद्यालयबाट महिला शिक्षिका एक जनालाई स्वयंसेवक छनौट गरिने उनले बताए।

प्रकाशित मिति: : 2022-04-01 09:37:00

प्रतिकृया दिनुहोस्