महिला लिग : चन्द्रपुरलाई पहिलो अंक

File photo
File photo

राष्ट्रिय महिला लिगको तेस्रो चरणमा आएर चन्द्रपुर नगरपालिकाले पहिलो अंक जोडेको छ। 

बुधबार चितवनको शारदानगरमा भएको खेलमा विराटनगर महानगरपालिकासँग १–१ गोलको बराबरी खेल्दै दुवै टोलीले अंक बाढेका हुन्। 

खेलको ४१औं मिनेटमा मिना खातुनको गोलबाट विराटनगरले अग्रता लियो तर, रजनी थोकरले ५४औं मिनेटमा गोल फर्काउँदै चन्द्रपुरलाई बराबरी ल्याइन्।

बराबरीसँगै दोस्रो चरणको अन्त्यसम्म अंकविहीन चन्द्रपुरले खाता खोलेको छ। लिगमा तीन खेल खेलेको चन्द्रपुरले एक अंक जोड्दा विराटनगरले समान खेलबाट चार अंक जोडेको छ।

दुई खेलबाट सशस्त्र प्रहरी बलको एपिएफ क्लब र धनगढी उपमहानगरपालिकाले समान ६ अंक जोडेका छन्। यस्तै, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र ललितपुर महानगरपलिकाले समान तीन अंक जोडेका छन्। 

बुधबारै हुने अर्को खेलमा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित मिति: : 2022-03-30 17:38:00

प्रतिकृया दिनुहोस्