प्रगतिशील लेखक संघ काठमाडौंको अध्यक्षमा विद्रोही निर्वाचित

Breaknlinks
Breaknlinks

प्रगतिशील  लेखक संघ (प्रलेस) काठमाडौंको पाचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादी अधिवेशनबाट ज्ञानु विद्रोही अध्यक्षमा निर्वाचित भएका छन्।

प्रलेसको उपाध्यक्षमा भक्त बिक, सुमिना भट्टराई सचिव सुधा मैनाली, सह–सचिव समिष्टि  बुढा, कोषाध्यक्ष केशव भट्टराई सहित सम्मेलनले २१ जनाको नयाँ जिल्ला समिति चयन गरेको छ।

सदस्यहरू मेस्मा पुन, ध्रुब बस्याल, राम चन्द्र खतिवडा, जिवन प्रकाश उपाध्याय, राजेन्द्र पन्त ताराकीभि, अनिता यात्री, जय गौडेल, रूपेश अधिकारी, राजेन्द्र घिमिरे `सागर`, मेश खतिवडा, धन कुमारी न्यौपाने `कल्पना´,  शिव कुमार श्रेष्ठ र पछि ३ सदस्य थप गर्ने निर्णय भएको छ। 

राजनैतिक दलहरूको आ-आफ्नो विचार रहेपनि साहित्य भनेको स्वतन्त्र हुने भएकोले परिवर्तन कलमको माध्यमबाट पनि गर्न सकिने भएकोले संयुक्त बामपन्थी नेपाली राजनैतिक संगठन मोर्चाहरू सामेल रहेका छन्।

प्रलेस नेकपा (एमाले), नेकपा मसाल, नेकपा (माओवादी), नेकपा (एकिकृत समाजवादी)  सम्बद्ध लेखकहरू रहेको मोर्चा हो।

 

जिल्ला सम्मेलनको उद्घाटन प्रलेसका केन्द्रीय अध्यक्ष डा. जिवेन्द्रदेव गिरीले गरेका हुन्। सम्मेलनमा केन्द्रीय महासचिव समिर सिंहलगायतका बामपन्थी साहित्यकारको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2022-03-25 18:24:00

प्रतिकृया दिनुहोस्