युक्रेन युद्धः इन्डोनेसियामा चाउचाउ अभाव

युद्ध प्रायः युद्धरत पक्षहरूमा मात्र सीमित रहँदैन। यसले लडाईबाट टाढा रहेका देशहरूमा विभिन्न समस्याहरू निम्त्याउँछ। युक्रेन र रुसबीचको लडाइँले युरोपलाई ‘अलर्ट’ बनाएको छ। तर, तेलमा मूल्यबृद्धिको असर भने विश्वभर महशुस गरिएको छ। 

युक्रेन द्वन्द्वको अर्को असर युद्ध क्षेत्रबाट धेरै टाढा रहेको इन्डोनेसियामा पनि देखिएको छ। युक्रेन द्वन्द्वले इन्डोनेसियामा प्रतिष्ठित र अत्यधिक लोकप्रिय ‘इन्डोमी’ चाउचाउको अभाव देखिएको छ।

युक्रेन इन्डोनेसियामा गहुँको सबैभन्दा ठूलो निर्यातकर्ता हो र रूसी आक्रमणपछि युक्रेनी बन्दरगाहहरूमा गतिविधि निकै सुस्त भएको छ।

तसर्थ, गहुँको पिठोबाट उत्पादन हुने इन्डोमी चाउचाउको उत्पादन प्रभावित भएको छ। इन्डोमी ब्रान्डले इन्डोनेसियामा इन्स्ट्यान्ट नुडल्सलको अवधारणालाई पहिलो पटक परिचय र लोकप्रिय बनाएको बताएको छ।

यो चाउचाउ इन्डोनेसियाली समाजको हरेक क्षेत्रमा लोकप्रिय छ। विद्यार्थीहरूदेखि छिटो खाजा खान चाहने व्यक्तिले यही चाउचाउ चाहन्छन्।

प्रकाशित मिति: : 2022-03-23 14:46:00

प्रतिकृया दिनुहोस्