ललितपुर महानगरले सात तल्ले नयाँ भवन बनाउँदै

शनि शाक्य

पुल्चोक
Breaknlinks
Breaknlinks

ललितपुर महानगरपिलकाको सात तल्ले प्रशासनिक भवन निर्माण हुने भएको छ।

पुल्चोकस्थित हाल निर्माण भइरहेको भवनको दक्षिण पश्चिममा निर्माण गरिने उक्त भवनको बुधबार नगरप्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे।
बहुबर्षीय योजना अन्तर्गत निर्माण हुने उक्त भवन तीस महिनामा भित्र सम्पन्न हुनेछ।

महानगरप्रमुख महर्जनले महानगरको प्रशासनिक भवन निर्माणको सुरुवात  कार्यकालको महत्वपूर्ण उपलब्धि भएको बताए। अपाङगतामैत्री, भूकम्प प्रतिरोधी उक्त भवन निर्माण गर्दा गुणस्तरीय सामग्री प्रयोग गर्न निर्देशन दिए ।

संघीयता लागू भएपछि स्थानीय तहको क्षेत्राधिकार फराकिलो भएसँगै कर्मचारीको संख्या वृद्धि भएकाले हालको भवन एकदमै साँघुरो भएको बताए। उनले भने, ‘ यो भवन बनेपछि सरसफाईबाहेक सम्पूर्ण एउटै छानामुनिबाट दिन सकिन्छ, त्यसो हुँदा काम छिटो छरितो समेत हुन्छ।
 ’ 
प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले ललितपुर महानगरको प्रशासनिक भवन निर्माणकोे प्रक्रिया निर्विवाद रहेको दाबी गरे । उनले छिमेकी नगरपालिका काठमाडौं महानगरको भवन निर्माणको प्रक्रिया बेदाग हुन नसकेको बताउँदै भने, ‘ त्यहाँका कर्मचारी साथीहरुलाई दाग लाग्यो, नियतिले मात्रै बचाएको हो, दाग अरुलाई पनि लाग्नुपथ्र्यो ।’

भवन निर्माणको सन्दर्भमा काठमाडौं महानगरबाट शिक्षा लिएर सावधानीपूर्वक काम गरेको उनको भनाई थियो । उनले प्राविधिक लगायत सम्पूर्ण कर्मचारीलाई भवन निर्माणको कामलाई दाग रहित बनाउन निर्देशन दिए। महानगरको प्रशासनिक भवन निर्माणको लागि ४९ सालदेखि प्रयास गरिएको थियो। पटक पटक शिलान्यास भएपनि भवन निर्माण हुन सकेको थिएन ।

स्रोत व्यवस्थापन नगरी भवनको शिलान्यास गरेकाले भवन निर्माण हुन सकेको थिएन ।

शहरी विकास योजना महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले भवन निर्माणको लागि करीब ५३ करोड लागत अनुमान लागने बताए । उनका अनुसार नयाँ भवनको क्षेत्रफल ५० हजार वर्ग फिट रहेको छ ।

 नवसिर्जनशील कन्स्ट्रक्सन कम्पनी प्रा।लिका संचालक रविकुमार गौतमले तोकिएको समय भन्दा अघि नै भवन निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।


 

प्रकाशित मिति: : 2022-03-23 13:31:00

प्रतिकृया दिनुहोस्