कुनै समय 'राेल्पा' र 'माओवादी' शब्द पर्यायवाची जस्तै थियाे। २०६४ साल चैत्रमा भएकाे चुनावकाे नतिजा हेर्दा राेल्पा माओवादीकाे किल्ला वास्तवमै रहेछ भनी बुझ्न सकिन्थ्याे। तर त्याे वास्तविकता अहिले आएर क्रमशः इतिहासमा सीमित हुने अवस्थामा आइपुगेकाे छ।
२०७० सालकाे निर्वाचनसम्म राेल्पा माओवादीकाे मध्यम किल्ला हुन पुग्याे– कारण २०६४ सालमा ठूलाे पार्टीकाे हैसियतमा सिहंदरबार छिरेकाे माओवादीले न–त राजनीतिक स्थायित्व दिन सक्याे न समयमै संविधान। फलस्वरूप देशबाटै पहिलाे शक्तिका रूपमा सलबलाएकाे माओवादी २४ सीट खुम्चियाे र तेस्राे नम्बरमा तेस्राे पार्टी बन्याे।
माओवादी तेस्राे नम्बरमा आइरहँदा राेल्पामा पनि उसकाे र निकटतम प्रतिद्वन्दीमा रहेका दलहरूकाे मतान्तरमा झिनाे फरक हुँदै गएकाे थियाे। २०६४ सालकाे निर्वाचनमा करिब ३० हजारकाे मतान्तरका साथ सान्दार जित गरेकाे राेल्पामा २०७० काे निर्वाचन सम्म आइपुग्दा मतान्तर मात्र एकतिहाईमा झरेकाे देख्न सकिन्छ। कारण– माओवादीले निम्त्याएको हिंसाको बाटो त्यागेर शान्तिपूर्ण आन्दोलनमा आउन रोल्पालीहरू जस्तोसुकै मूल्य तिर्न तयार भएको देख्न सकिन्छ। फलस्वरुप सबैले माओवादीलाई जिताएर जंगलबाट शान्तिपूर्ण राजनीतिमा पनि ल्याए। २०७४ सालकाे निर्वाचन सम्म आइपुग्दा माओवादीभित्र तीव्र ध्रुविकरण र विभाजनले अस्तित्व समाप्तिकाे नजिक नजिक पुगेकाे देख्न सकिन्छ।
२०७४ सालमा एमालेकाे हात समातेर प्रत्यक्ष तर्फ ३६ सीटमा उक्लिएकाे माओवादी बाम एकताका कारण अस्तित्व जाेगाउन सफल रह्याे। यसरी बाम एकताका कारण गठबन्धन भइरहँदा पनि राेल्पामा माओवादीकाे भागमा टिकट परेर प्रत्यक्ष चुनाव लडेका प्रतिनिधिले अपेक्षित रूपमा मत ल्याउन सकेका थिएन्न। कारण थियाे– राज्यकाे उच्च पदमा धेरै पटक उल्लेख्य रूपमा सहभागी भएपनि राेल्पालीकाे अवस्था ज्यूँकाे–त्यूँ रहनु। द्वण्द्वका समयमा दिनरात नभनी खुन–पसिना बगाइ नेतृत्वलाई सिंहदरबारसम्मै छिराएका माओवादी कार्यकर्ता दिनदिनै आफ्नाे नेतृत्वबाट रूष्ट हुँदै गएकाे देख्न प्रष्टै छ।
अर्काेतिर राेल्पाबाट माओवादीभन्दा पहिले चुनाव जितेर सत्तामा पुगेका काङ्ग्रेस नेताले समेत राेल्पाले चाहेकाे र मागेकाे विषयहरू समाधान गर्न लागिपरेकाे देखिएन। त्यसैले राेल्पाले काङ्ग्रेसलाई सहजै स्वीकार गर्ने अवस्था पनि रहँदैन र अर्काे कुरा राेल्पामा माओवादी रित्तिदै जानू भनेकाे बामपन्थीहरू रित्तिनु चाहिँ हाेईन बरू एमाले अझ् सशक्त रूपमा बलियाे हुँदै जानू हाे।
माओवादीकाे १० वर्षे जनयुद्धमा घर–परिवार छाेडेर हाेमिएकाहरू समेत एमालेकाे लाइनमा आइसक्नुभएकाे छ। नेपाली काङ्ग्रेस राेल्पाकाे इतिहास हेर्दा कसरी हुन्छ सत्तामा पुग्ने र आफू र आफ्नाहरूलाई पहुँचमा पुर्याउने कार्यमा मात्र सक्रिय रहेकाे देखियाे। त्यसैले परिवर्तनका पक्षधर राेल्पालीहरू कुनैपनि हालतमा काङग्रेसकाे प्रतिनिधित्व स्वीकार्ण चाहँदैन्न।
पटकपटक सत्तामा पुगेर पनि तै–चुप र मै–चुपकाे अवस्थामा माओवादीका नेताहरूले समग्र राेल्पालाई विर्सदाकाे परिणामकाे त झन् के कुरा गर्नु? जुन हामीले प्रत्यक्ष रूपमा देखि र भाेगिरहेका छाैं। शहीदहरूकाे सम्झना स्वरूप निर्माण गरिएकाे सहीदमार्ग त झन् मार्ग नै शहीद भइरहेकाे छ।
अब कुराे गराैँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)काे। एमालेले नेपालकाे इतिहासमा थाेरै समय सत्ताकाे नेतृत्व गरेकाे छ। तर नेतृत्वकाे समयलाई नेपालकाे इतिहसमै उल्लेख्य कार्य गर्न समेत सफल भएकाे मान्न सकिन्छ। २०५१/५२ तिर एमालेले मात्र ९ महिनाकाे सरकारकाे पालामा गरेका सामाजिक सुरक्षालगायत उल्लेख्य कार्यहरू अझै उत्कृष्ट कार्यकै रूपमा रहेका छन्।
पहिलाे कार्यकालमा केपी शर्मा ओली नेतृत्वकाे सरकाले राष्ट्रियताकाे विषयमा लिएकाे अडान र छाेटाे समयमा राष्ट्र विकासकाे लागि काेरेकाे दीर्घकाीन मार्गचित्रलाई जनताले नजिकबाट नियालिरहेका छन्। जुन विस्तारै एकपछि अर्काे गरेर पूरा हुँदै गएकाे छ। नेपालमा बाम विचार भएकाकाे जनसंख्या करिब ७५ प्रतिशत छ। साना बाम पार्टिहरू आफ्नाे मुद्दामा भन्दापनि मिलिजुली सत्तामा पुगेर सत्ताकाे स्वाद लिन मात्र सक्रिय रहेकाले देशभरीनै एमालेप्रति आकर्षित छन्। दिनदिनै पार्टी प्रवेश तथा समर्थन गरिरहेका छन्। र अर्काे कुरा जनताहरू वर्तमान सरकार जनमतबाट आएकाे नभइ अदालतकाे परमादेश र गठबन्धन नामकाे स्वार्थ समूहबाट आएकाे कुरामा प्रष्ट छन्। त्यसैले राष्ट्रिय रूपमै एमालेकाे माहाेल तिब्र रूपमा बृद्धि भइरहेकाे छ। ओली नेतृत्वकाे सरकारकाे कार्यकालमा भएका उल्लेखिय कामहरूले थप टेवा पुर्याएकाे समेत छ।
चर्चा गराैँ– एमाले राेल्पाकाे। राेल्पाकाे इतिहास नियालेर हेर्दा राेल्पा राजनैतिक चेतना विस्तारकाे सुरूवाती चरणबाटै कूल जनसंख्याकाे अनुपातमा बामपन्थीहरूकाे बाहूल्यता भएकाे जिल्ला हाे। मतहरू बाँडिदा कुनै समय काङ्ग्रेसले चुनाव जित्याे त्याे अपवादकाे कुरा हाे।
कुनै समय जनमाेर्चाले समेत चुनाव जित्याे। माओवादीले लगातार ३ पटक चुनाव जित्याे। राेल्पाबाट चुनाव जितेर जिल्ला बदल्न काठमाण्डाैं छिरेकाहरू आफै बदलिए तर अहँ... राेल्पा बदलिएन। हवाई यातायातबाट राेल्पा सुटुक्क आउने र झूटकाे खेति गर्ने कार्य धेरै समय चलिरह्याे तर राेल्पा उस्तै छ।
संविधान कार्यान्वयन र संघीय शासन प्रणालीकाे अबलम्बनसँगै स्थानीय तहहरू निर्माण भए। राेल्पाकाे दशवटा स्थानीय तह हेर्दा एमालेले विजय हाँसिल गरेका २ स्थानीय तह अरूभन्दा अब्बल रहेकाे छन्। त्रिवेणी र रून्टीगढी गाउँपालिकाले नमूना कार्य गरेर फरक छाप छाेड्न सफल भएका छन्।
अर्काेतिर दिनदिनै माओवादीलगायत अन्यपार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरूकाे घुइँचाे लागेकाे छ, राेल्पामा। भर्खरै सकिएकाे छैठाैँ जिल्ला अधिवेशनबाट समेत नयाँ जाेश जाँगर भएका उर्जावान युवाहरू एमालेकाे जिल्ला कमिटीमा निर्वाचित भएर छन्। अर्काेतिर एमाले केन्द्रीय कमिटीकाे सबैभन्दा युवा केन्द्रीय सदस्य तथा राेल्पा जिल्ला सह-इन्चार्ज समेत राेल्पाले नै पाएकाे छ।
राेल्पाबाट एमालेकाे केन्द्रीय कमिटीमा जिम्मेवारी पाएका सबै नेताहरू संगठन निर्माण र परिचालनमा दिन रात नभनी खट्ने र जनताकाे पक्षमा कार्य गर्नतर्फ अग्रसर हुनुहुन्छ। जनवर्गिय संगठनका नेताहरू एमालेलाई स्थानीयदेखि संघीय चुनावसम्म विजय बनाउन तत्पर भएर उर्जाका साथ लागि पर्नुभएकाे छ।
विगतमा लामाे समय तत्कालीन ने.क.पा. माओवादीमा रहेर सक्रिय राजनीति गर्नुभएका याेद्दाहरू समेत एमालेकाे विभिन्न तहका संगठनमा जिम्मेवारी बहन गर्दै राेल्पामा तिनवटै तहकाे निर्वाचनमा एमालेलाई विजय बनाउन लागि परिरहनुभएकाे छ। यस कारण माओवादीले आफ्नाे पकड क्षेत्र भनेर दाबी गर्ने राेल्पा एमालेकाे किल्लाकाे रूपमा विकसित हुँदै गएकाे छ। एमालेबाट चाेइटिएर बाहिरीएका केही २/४ जना कार्यकर्ताका पछाडी राेल्पामा जनता छैन्न– त्यसैले जनता विनाकाे दलकाे खासै कुरा गरिरहनुपरेन।
राेल्पाली जनताले एमालेलाई बाम एकताकाे निरन्तरताकाे रूपमा समेत स्वीकार गरेका छन्। यस कारण पनि राेल्पा एमालेकाे किल्ला बन्ने निश्चित छ। हामी ढुक्क छाैँ। राेल्पामा एमालेले तीनै तहकाे निर्वाचनमा भारी मतका साथ आफ्नाे किल्ला कायम गर्नेछ। राेल्पालीले मागेकाे र खाेजेकाे जस्ताे विकासका गतिविधिहरू सुरू हुनेछन्।
डाँगी एमाले राेल्पाका जिल्ला कमिटी सदस्य तथा साइबर सर्कल राेल्पा–केन्द्रका जिल्ला समन्वयकर्ता हुन्।